Section 33
कार्यकारी निर्देशक सम्बन्धी व्यवस्था
(१) केन्द्रको प्रमुख प्रशासकीय अधिकारीको रुपमा काम गर्न कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी फोहरमैला व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको व्यक्तिलाई नेपाल सरकारले केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त गर्नेेछ ।
(२) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र निजको पुन नियुक्ति हुन सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह नगरेमा, पद अनुरुपको आचरण नगरेमा वा कार्य सम्पादन क्षमताको कमी वा कार्य प्रभावकारितामा कमी रहेको पाइएमा नेपाल सरकारले निजलाई पदावधि सकिनु अगावै पदबाट हटाउन सक्नेछ ।
तर निजलाई पदबाट हटाउनु अघि आफ्नो सफाई पेश गर्ने मनासिब मौकाबाट वञ्चित गरिने छैन ।
(४) कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछ ।